सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

सुकुम्बासी बालबालिका सडकमा

आइतबार, २२ साउन २०७९, १५ : ४०
आइतबार, २२ साउन २०७९

चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरूका बालबालिकाले जनकपुरधाममा मधेश प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आइतबार जनकपुरधाममा १९ दिनदेखि आन्दोलित रहेका सुकुम्वासीहरूले आ–आफ्ना बालबालिकालाई सडकमा उतार्दै बालबालिकाको भविष्यप्रति गम्भिर हुन ध्यानाकर्षण गराएका हुन् । 

चुरे तथा वनजंगल संरक्षण अभियानले रिले अनसन र सडक आन्दोलन समेत गर्दै आएको छ । बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलिक अधिकारप्रति मधेश प्रदेश सरकार गम्भीर नभएको सुकुम्बासी आन्दोलनकारी पुनम साहले बताइन् ।

सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधामको जनक चोकमा रिले अनसन र मधेश प्रदेश सरकारको विरुद्धमा दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप