मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेश

आइतबार, २२ साउन २०७९, १४ : ५१
आइतबार, २२ साउन २०७९

प्रतिनिधिसभाको आजको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले ‘पशु स्वास्थ्य तथा पशुसेवा परिषद् विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गरेकी छन् । 

प्रतिवेदन पेश गर्दै सभापति सुवेदीले उक्त विधेयकमाथि नौ समूहका १३ जना सांसदले प्रस्तावनासहित २४ दफामा ३९ संशोधन प्रस्ताव राखेको जानकारी दिइन् । समितिका नौवटा बैठकमा छलफल गरी सर्वसम्मतरुपमा उक्त प्रतिवेदन तयार पारी सदनमा पेश गरिएको पनि उनले जानकारी दिइन् । उक्त विधेयकमाथि कार्यदल गठन गरीसमेत छलफल भएको थियो ।

यस्तै सदनमा प्रधानमन्त्री शेरबहादुर देउवाकातर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले महालेखा परीक्षकको ५९औँ वार्षिक प्रतिवेदन, २०७९ पेश गरेका थिए । बैठकमा उपसभामुख पुष्पा भुसाल गौतमले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएकी थिइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले यही साउन १८ गते मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप