करेन्ट लागेर तीन जनाको मृत्यु

मोरङ, मकवानपुर र सिरहामा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–८ बालगोपाल टोल बस्ने ३० वर्षीय राजु मुख्याको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको हो ।
आफ्नै घरमा विजुलीको प्लगमा तार जोड्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मिलनपथ बस्ने १३ वर्षीय सुमन तामाङको करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।
साथीहरुसँग मिलेर सोही ठाउँस्थित कर्रा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको हेटौंडा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । सिरहाको सिराहा नगरपालिका–१६ माडर बस्ने २७ वर्षीय निरज मुखियाको करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ ।
छिमेकीको घरमा चार्जमा राखेको बरफ/आईसक्रिम बेच्न प्रयोग हुने ठेला छुँदा करेन्ट लागेर अशक्त भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवाको ब्रिफिङ : गठबन्धनमा समस्या छैन, ओलीले छोडेर गए त के लाग्छ र !
-
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल
-
विवादकाबिच अभिनेत्री सुरक्षा पन्तले पोस्ट गरिन् अनौठो तस्बिर
-
सांसदहरूलाई कोष होइन, अधिकार सम्पन्न बनाउनुपर्छः विनोद चौधरी
-
नेपाल टी–१० क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण जेठमा
-
जोय थापाको अलराउन्ड प्रदर्शनमा एन्जल्स हार्टले विसडमलाई हरायो