बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने

आइतबार, २२ साउन २०७९, १३ : ४७
आइतबार, २२ साउन २०७९

संघीय सरकारविरुद्ध मधेश प्रदेश सरकारले शान्तिपूर्ण आन्दोलन गर्ने बताएको छ । आइतबार मधेश प्रदेशको गृह तथा संचार मन्त्री भरत साहको नेतृत्वमा प्रदेश सरकारको टोलीले प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । 

सात दिनभित्र प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्ने प्रकृया आरम्भ नगरेमा शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिइएको छ । उनले भने, ‘हामीले पटक–पटक प्रहरी समायोजन गर्न संघीय सरकारसँग आग्रह गर्दै आएका छौँ । तर संघीय सरकारले बेवास्ता गर्दै आएको छ, यदि एक सातासम्ममा पनि प्रहरी समायोजन नभएमा हामी बाध्य भएर संघर्षमा उत्रिने छौँ ।’

प्रदेश सरकारलाई प्रहरी हस्तान्तरण गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाउने कार्यक्रममा मन्त्री साहसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, उद्योग वन तथा पर्यटन मन्त्री शत्रुधन महतो, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा लगायतकाहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप