इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने इरानको चेतावनी
इरानको इस्लामिक रेभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रमुखले प्यालेस्टाइन इजरायलविरुद्धको संघर्षमा एक्लै नभएको बताएका छन् । इजरायलले लगातार दोस्रो दिन प्यालेस्टाइनमा हवाई हमला जारी राखेपछि आईआरजीसीका मेजर जनरल होसेन सालामीले सो कुरा बताएका हुन् ।
‘प्यालेस्टाइन र प्यालेस्टिनी जनताले थाहा पाउन् कि उनीहरु एक्लै छैनन् । हामी यो बाटोमा अन्तिमसम्म तपाईंहरुसँगै छौँ,’ तेहरानमा इस्लामिक जिहाद ग्रुपका नेता जियाद अल–नखालासँगको भेटमा सालामीले भने । पछिल्लो अपराधका लागि इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनीसमेत दिए ।
इजरायलले शुक्रबार सम्भावित हमलालाई रोक्न इस्लामिक जिहादविरुद्ध सैन्य कारबाही गरेको जानकारी दिएको थियो । सो दिन गरिएको कारबाहीमा समूहका एक शीर्ष नेता पनि मारिएका थिए । इजलायलको सैन्य कारबाहीमा ५ वर्षीया बालिकासहित एक दर्जन बढी मानिसको मृत्यु भइसकेको छ भने १ सयभन्दा बढी घाइते रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)