बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

इमजिङ नेपालको निमित्त प्रमुख कार्यकारी अधिकृतमा बेल्वासे नियुक्त

आइतबार, २२ साउन २०७९, १२ : ५७
आइतबार, २२ साउन २०७९

इमर्जिङ्ग नेपाल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासे नियुक्त भएका छन् । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७० औं बैठकको निर्णयअनुसार साउन २० गतेदेखि नै लागू हुनेगरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो । 

हिरोवट युनिभर्सिटी, युकेबाट बीबीए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेन्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई ४ वर्ष काम गरेको अनुभव छ । 

मर्चेन्ट एण्ड बैकिङ्ग क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप