सिटिजन्स बैंकका १८० शाखा प्रबन्धकहरूको भेला, सुशासनमा अब्बल हुने घोषणा
सिटिजन्स बैंकले सुशासनमा अब्बल बन्ने घोषणा गरेको छ। चितवनको सौराहामा भएको १८० शाखा प्रबन्धकहरूको भेला (लिडरसिप डेभलपमेन्ट तथा क्यापसीटी बिल्डीङ्ग कनक्लेभ)बाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकलाई सुशासनमा अब्बल बनाउने घोषणा गरेका हुन् ।
सोही कार्यक्रममा बैंकले थप आकर्षक मुद्धति योजना ‘सिटिजन्स चिरायु मुद्धति योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धति योजना’ खाताको शुभारम्भ गरेको छ । यी मुद्धति योजनाहरु पोखरेलले घोषणा गरेका हुन् ।
सिटिजन्स चिरायु मुद्धति योजना योजना अन्र्तगत १३ वर्ष ४ महिनादेखि २२ बर्ष १ महिनासम्म मुद्धति खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एकमुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाइनेछ ।
यस्तै रेमिटेन्स चिरायु मुद्धति योजनामा ग्राहकले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धति खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एकमुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् ।
मुद्धति निक्षेप योजना अन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखा मार्फत न्युनतम पचास हजार मौज्दातमा खोल्न पाउनेछन् । यस मुद्धति निक्षेप योजनाबाट बैंकका व्यक्तिगत, एवं रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा