शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा भिरमा अड्केका युवकको उद्दार

आइतबार, २२ साउन २०७९, १२ : ४६
आइतबार, २२ साउन २०७९

सशस्त्र प्रहरीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका युवकको उद्दार गरेको छ । हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा शनिवार बाटो हिँड्दा चिप्लिएर लडेर भिरमा अड्किएका थिए ।

गोरेटोबाट चिप्लिएर ५० मिटर तल मेलम्ची खोलामाथिको भिरमा अड्किएका शेर्पाको उद्दार गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ । उद्दारमा सशस्त्र प्रहरी बल नेपाल खानेपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीको टोली सहभागी रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप