आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन राष्ट्रिय जनमोर्चा नेपालको माग

आइतबार, २२ साउन २०७९, १२ : ३१
आइतबार, २२ साउन २०७९

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विदेशमा रहेका नेपालीलाई मतदानको अवसर दिन माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै सांसद पौडेलले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिन फैसला गरेको बर्षौ भएपनि कार्यान्वयन नभएको बताइन् । 

उनले भनिन्– ‘निर्वाचन आयोगले चुनाव घोषणा गर्नुअघि आफ्नो मस्यौदामा पनि प्रवासी नेपालीहरुलाई मतदानको व्यवस्था गर्ने उल्लेख गरिसकेको छ । तर अहिले आम निर्वाचन घोषणा भइसक्दा पनि त्यसको कुनै व्यवस्था गरेको देखिँदैन । यसले गर्दा प्रवासमा रहेका लाखौं नेपालीको मतदान गर्ने अधिकार कुण्ठित भएको देखिन्छ । यसबारे सरकार गम्भीर हुन जरुरी छ ।’

उनले विगतदेखि नै राष्ट्रिय जनमोर्चाले प्रवासी नेपालीलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गर्दै आएको बताइन् । यसका लागि सरकारलाई ज्ञापन पत्र पनि बुझाएको बताउँदै प्रवासी नेपालीलाई मतदानको अवसर दिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिन सभामुखसँग माग गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप