वातावरण र गाउँठाउँ हरित बनाउन मन्त्री यादवको आग्रह

वन तथा वातावरणमन्त्री प्रदीप यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो गाउँठाउँ हरित बनाउन आग्रह गरेका छन् । आज पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित बालमन्दिर प्राङ्गणमा ‘राउण्ड टेबल नेपाल’द्वारा आयोजित वृक्षारोपणमा मन्त्री यादवले वृक्षरोपण गरेर वातावरण र आफ्नो ठाउँठाउँ हरित बनाउनुपर्ने बताए ।
उनले भने, “वृक्षरोपण सबैको साझा अभियान हुनुपर्छ, वृक्षरोपण गरेर आफ्नो हरियाली बनाउन म आग्रह गर्दछु ।” यसैगरी मन्त्री यादवले राउण्ड टेबल नेपाल संस्थाका युवाको कामको प्रशंसा गर्दै भने, “वन जङ्गल जोगाउन तथा हरियाली बनाउनमा युवाको भूमिका उल्लेख्य छ, युवा अग्रसर भए मात्र हाम्रो देश पनि हरियाली हुनेछ र जङ्गल जागिनेछ ।”
उक्त कार्यक्रममा मन्त्री यादवसहित वीरगञ्ज महानगरपालिकाका राजेशमान सिंह लगायतले वृक्षरोपण गर्नुभएको मन्त्री यादवका प्रेस संयोजक विमलबहादुर विष्टले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर ’ निर्माण
-
सन्तोषी मृत्यु प्रकरण : अनुसन्धानका लागि इन्स्पेक्टर जोशी पक्राउ
-
माओवादी अभियान : प्रचण्डसहितको टोली मोरङमा, सहिद परिवारसँग भेट
-
केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो
-
मस्कले संघीय कर्मचारीलाई इमेलको जवाफ दिन अर्को मौका पनि दिने
-
बंगालको खाडीमा भूकम्प