एमालेसँग एकता हुन सक्दैन : माले

नेकपा मालेले एमालेसँग अहिलेकै अवस्थामा एकता हुन नसक्ने निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिको आधारमा माले र एमालेबीच एकीकरणको चर्चा चले पनि तत्काल यसको सम्भावना नरहेको मालेको आइतबार सम्पन्न स्थायी कमिटी बैठकको निष्कर्ष छ ।
‘यही साउन १७ गते दिवंगत क.तुल्सीलालको स्मृति कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीबाट व्यक्त विचारका आधारमा नेकपा (माले) र नेकपा (एमाले) बिच पार्टी एकीकरणको चर्चा चलेको पाइयो’, मालेले भनेको छ, ‘नेकपा (माले) सहकार्यको क्रममा मूल बिचार मिल्ने पार्टीहरूबीच प्रकृयासंगत ढंगले गरिने सिद्धान्त निष्ठ पार्टी एकीकरणको सधै पक्षधर रहिआएको छ । तर तत्काल यसको सम्भावना नरहेको नेकपा (माले)को ठहर रहेको छ । यसतर्फ ध्यानाकर्षण गर्दै तदनुकुलको आचरणका गर्नको निम्ति सिङ्गो पार्टी पङ्क्तिलाई निर्देशित गर्ने निर्णय बैठकले गरेको छ ।’
बैठकले मितेरी पार्टीलाई मालेमा समाहित गर्ने निर्णय अनुमोदन पनि गरेको छ । साथै मितेरी पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूलाई पार्टीमा संगठित गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमई ग्रुपको लगानीमा नवलपुरको मौलाकालीमा ‘इला होटल’ सञ्चालनमा आउँदै
-
गभर्नर नियुक्तिका लागि आफूखुसी मापदण्ड बनाइएको भन्दै सर्वोच्चमा रिट
-
सात दिनमा सिफारिस समिति बनाइ डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश (पूर्णपाठ)
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो