सर्वहारा वर्ग किन सधैँ शोषित ?

person explore access_timeसाउन २२, २०७९ chat_bubble_outline0

प्राकृतिक स्रोतमा सबैको समान अधिकार सुनिश्चित भएता पनि मानव समाजमा माथिल्लो वर्ग र तल्लो वर्ग देखिन्छ । सामाजिक संरचनाको परिस्थिति हरेक ठाउँमा भिन्न भिन्न हुने गर्छ । तर सुरुवातमा जतिबेला मानिसको उत्पति भयो, त्यतिबेला सबै मानिस समान नै थिए । यद्यपि पछि आएर मानिसमा व्यक्तिगत सम्पत्तिको चेतना आएपछि गरीब र धनीको भिन्नता सुरु भएको देखिन्छ ।


त्यस्तै, मानिस स्वार्थी प्रवृत्तिको हुन्छ । आफ्नो स्वार्थ र रवाफको लागि जसले सम्पत्ति आर्जन गरे, तिनीहरुले खानको आशा दिई सर्वहारा वर्गको श्रम शोषण गरे । सामाजिक दृष्टिकोणले हेर्दा  हरेक  परिवेशमा गरीब नै दबाइएका छन्, दमन शोषणमा परेका छन् । न त यिनले कहिल्यै  भरपेट खाना नै खान पाए, न त राम्रो शिक्षा दीक्षा र स्वास्थ्य उपचार नै ।



समाजशास्त्रीहरु भन्छन्, समाजमा कामको उचित मूल्य नपाएर गरीब झन गरीब हुँदै गए । अनि धनी अझै धनी हुँदै गए । त्यसकारण समाजमा असमानताको उपज भयो । विश्व इतिहासलाई हेरियो भने प्रथम विश्वयुद्ध र दोस्रो युद्धले गर्दा पनि गरीबको संख्या बढायो । अर्थशास्त्रका पिता एडम स्मिथले भन्छन्, व्यापार नियन्त्रण, उत्पादन नियन्त्रण र मजदुरको ज्याला तोक्ने कारणले गर्दा आर्थिक संकट निम्त्याउने गर्छ । यसका लागि सार्वजनिक संस्था स्थापित  गर्नुपर्छ र उचित नीति बनाउनु पर्छ । यसले मात्र हरेकको आर्थिक स्तरमा सुधार आउन सक्छ । 



एडम स्मिथले श्रम नै समस्त धनको स्रोत हो, भनेका छन् । उनका अनुसार हेर्दा हरेक व्यक्ति उर्जाशील र श्रमिक भएकाले सबै श्रमिक धनी हुनुपर्ने हो । यद्यपि  गरिब आफ्नो श्रम शक्ति खर्चिदा पनि गरिब हुन्छन् तर धनी जसले श्रम खर्चिदैनन्, अझै धनी हुन्छन् । यस सन्दर्भमा कार्ल माक्र्स भन्छन्, जबसम्म सर्वहारा वर्गमा चेतना आउँदैन कि हामी आफ्नै मालिकबाट शोषित भइरहेका छौँ तबसम्म उनीहरुको आर्थिक उन्नति हुँदैन । जुन दिन विश्वका  सबै  सर्वहारा वर्ग एकमत हुन्छन्, तब  गरिब र धनीको वर्गीकरण समाप्त हुनेछ ।

सिकारी युगमा कसैको कुनै सम्पत्ति थिएन । किनभने त्यतिखेर दुई–तीन दिन भन्दा बढीको श्रमलाई जम्मा गरेर राख्न सकिदैनथ्यो । केही नवमाक्र्सवादीहरुका अनुसार जनसंख्या वृद्धिको परिणाम हो, गरीब गरीब हुँदै गए र धनी धनी हुँदै गए ।

यो सबै बुर्जुवा जनवादीको देन हो, जसले सर्वहारा वर्गलाई सधँै शोषण गरे र काम अनुसारको दाम नदिएर गरीब बनाए । नेपालको परिवेशमा हेर्दा राणाकाल सुरु भएदेखि जनताको श्रम उपर कब्जा गरेर तिनीहरुका श्रमलाई आफ्नो मोजमस्तिमा खर्च गरे । गरीब निमुखा जनताका छोरा छोरी आवाज उठाउन नसकुन् भनेर आमजनताका लागि शैक्षिक क्षेत्रमा वर्जित गरिएको थियो । जब राणाकालीन शासन समाप्त भयो, तब लोकतन्त्रताको नाममा गरीब निमुखा जनतालाई पुनः शोषण गरे । सार्वजनिक संस्थागत भएका कलकारखानालाई पुँजीपतिको हातमा हस्तान्तरण गरियो । यहाँ रोजगारी नपाएर वाध्य भई  भारत र खाडी मुलुक जान थाले । वर्तमान समयसम्म पनि रोजगारीको अभाव औंशीको रातझै देखिन्छ ।

एक तथ्याङ्कअनुसार विगत दस वर्षको आँकलन गर्दा झन्डै ८१ लाख जनता गरिबीका रेखामुनि छन् । कुल १० प्रतिशत धनीसंग गरीबका भन्दा २६ गुणा बढी सम्पत्ति छ । सर्वाधिक गरिबी हिमाली जिल्ला र त्यसपछि तराईका जिल्लामा  छ । २०४७ सालमा गरिबी निवारण नीति ल्याइए पनि कहिलेसम्म निवारण हुने टुंगो छैन । गरिब निमुखा सधै संकटमा पर्नु त सर्वत्र चलन नै छ, चाहे त्यो भूकम्पको बेला होस् या त कोरोना भाइरस महामारीको बेला । सरकारी अनुदान त धनीकै लागि मात्र हो । 

अखिरमा कहिले होला गरिबी निवारण ? र, कहिले नेपाली युवा देशमै बसेर केही गर्न सकिन्छ भन्ने दिन आउला ?

लेखक ‘काठमाडौ स्कुल अफ ल’ मा बीएएल एलबी अध्ययनरत छन्

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।