बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

गाँजा विधेयक अघि बढाउन संसदमा शेरबहादुर तामाङको माग

आइतबार, २२ साउन २०७९, १२ : ०५
आइतबार, २२ साउन २०७९

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले आफूले दर्ता गरेको गाँजा फुकुवासम्बन्धी गैरसरकारी विधेयक अघि बढाउन माग गरेका छन् । प्रतिनिधि सभामा आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले गाँजा खेतीलाई व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयक दर्ता गरेको धेरै समय भएको उल्लेख गर्दै त्यसलाई अघि बढाउन आग्रह गरे । 

यस्तै उनले अविरल परेको बर्षाबाट शनिवार सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर २ को डाँडाघरे टोल र सिरानटोलका ३० घर जोखिममा रहेको जानकारी गराए । उनले पहिलोबाट बाटो समेत अवरुद्ध भएको बताए । यस्तै मेलम्ची नदीमा आएको बाढीबाट हेलम्बु गाउँपालिकाका ६ ठाउँमा बाटोमा क्षति पुग्दा सम्पर्क टुटेको जानकारी गराए । उनले विपद प्रतिकार्य केन्द्रीय समिति मार्फत बाटो खोल्ने कुरामा छिटो ध्यान पुग्न सकोस् भन्ने माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप