अभियान लघुवित्तको आईपीओमा आवेदन दिने मिति आज सकिँदै
अभियान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । साउन १८ गतेदेखि आईपीओ बिक्री खुलाएको लघुवित्तको आवेदन मिति आज (साउन २२) सम्म रहेको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरेको छ । जसमध्ये २२ हजार ५०० कित्ता कर्मचारीका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्टयाइएको छ ।
बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । यसमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
आईपीओमा इच्छुक आवेदकले सी–आस्वामा आबद्ध बैंक तथा वित्तिय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । हाल १५ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ बिक्री पछि चुक्ता पूँजी २५ करोड पुग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै
-
उत्पीडित वर्गलाई समान हक नदिइ देश अघि बढ्न सक्दैन : सभापति देउवा
-
भारतमा फेरि भेटियो स्टारलिंकको इन्टरनेट डिभाइस
-
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
कुशलले कप्तानी जिम्मेवारीमा धेरै विकास गरेको छ : शरद भेषावकर