मनाङमा ४९ नयाँ उद्योग थपिए
हिमाली जिल्ला मनाङमा नयाँ उद्योग थपिने क्रममा छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४९ नयाँ उद्योग थपिएका छन् । थपिएका यस्ता अधिकांश उद्योग कृषि तथा वन पैदावरमा आधारित छन् । एक वर्षका अवधिमा जिल्लामा ३१ कृषि तथा वन पैदावरमा आधारित नयाँ उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय मनाङका प्रमुख ऋषिराम पौडेलले जानकारी दिए ।
उनका अनुसार जिल्लामा १७ पर्यटन उद्योग र सेवा मुलक उद्योग एउटा थपिएको छ । हाल मनाङवासी निजी उद्योग दर्तातर्फ आकर्षित भएको पाइएको उनले बताए । सो अवधिमा जिल्लामा ३६ जिल्ला निजी उद्योग दर्ता भएका छन् भने साझेदारी उद्योग १३ दर्ता भएको उनले बताए ।
जिल्लामा ५३ उद्योगको नवीकरण, पाँच उद्योगको नामसारी, छ उद्योगको पूँजी वृद्धि, तीन उद्योगको नाम परिवर्तन, दुई वटाको लगतकट्टा र छ उद्योगको प्रतिलिपि बनाइएको उनले जानकारी दिए । वाणिज्यतर्फ पाँच नयाँ दर्ता, सात नवीकरण, दुई नामसारी, तीनको पूँजी वृद्धि, एकको नाम परिवर्तन, एकको प्रतिलिपि, एकको लगतकट्टा गरिएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा उद्योगतर्फ कूल चार सय ८५ र वाणिज्यतर्फ कूल ९३ सञ्चालनमा रहेको घरेलु कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा उद्योगतर्फ कूल चार सय ३६ र वाणिज्यतर्फ कूल ८८ सञ्चालनमा रहेका थिए ।
घरेलु कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा उद्योगतर्फ रु तीन लाख आठ हजार एक हजार ५० राजश्व सङ्कलन गरेको छ । त्यस्तै सोही अवधिमा वाणिज्यतर्फ रु १९ हजार आठ सय २५ राजश्व सङ्कलन गरेको छ । अन्यबाट रु दुई हजार आठ सय २० गरी कूल तीन लाख ३० हजार सात सय ९५ राजश्व सङ्कलन भएको प्रमुख पौडेलले बताए ।
“यस आर्थिक वर्षमा जिल्लामा विभिन्न तालिम तथा प्रविधि हस्तान्तरण पनि गरिएको छ,” कार्यालय प्रमुख पौडेलले भने । उद्योगलाई टिकाउ बनाउन विभिन्न तालिमका साथै प्रविधिको उपयोगलाई प्राथमिकता दिन सञ्चालकलाई सचेत गराउने र उद्योगलाई सक्रिय बनाइरहन प्रोत्साहनसमेत गर्ने गरिएको उनले जानकारी दिए ।
सोही अवधिमा उद्यमशीलता विकास, अचार बनाउने तालिम, आधारभूत बेकरी निर्माण, आधारभूत हाते बुनाइ तथा पत्रकारिता तालिम लगायतका विभिन्न तालिमका साथै प्रविधि हस्तान्तरणसमेत गरिएको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा ४२ किलोमिटर सडक कालोपत्र
-
सैफमाथि हमला गर्नेलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
लुम्बिनी प्रदेश सभा बैठकमा वित्तीय उत्तरदायित्व विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो
-
संघमा ढिलाइ, प्रदेशहरूमा धमाधम हिउँदे अधिवेशन
-
पुस मसान्तसम्ममा ८ खर्बको आयात हुँदा ७४ अर्बको निर्यात
-
कृषि विधेयकले आम कृषकको समस्या सम्बोधन गर्छ : कृषिमन्त्री अधिकारी