आज घट्यो सुन-चाँदीको मूल्य, कति पुग्यो तोलाको ?
आइतबार, २२ साउन २०७९, १० : ५९
आज आइतबार सुन-चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८०० र तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ छ । जुन, गत शुक्रबार १ हजार २२० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा
-
सुकेधाराको डान्स बारमा लुटपाट, ५ जना पक्राउ
-
उपेन्द्र यादवलाई अर्को झट्का, दीपेन्द्र झाले दिए राजीनामा
-
‘लन्डन टु पेरिस’को गीत : साम्राज्ञी, निश्चल र गरिमाको त्रिकोणात्मक प्रेम
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त