शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेसुङ्गामा ट्रक पल्टिदा चालकको मृत्यु

आइतबार, २२ साउन २०७९, ०९ : ५७
आइतबार, २२ साउन २०७९

गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा  पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ  । 

आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप