इण्डियन आइडल छोड्दै अनु मलिक
आइतबार, २२ साउन २०७९, ०८ : ४७
![इण्डियन आइडल छोड्दै अनु मलिक](https://rpcdn.ratopati.com/media/albums/anu-malik-stepped-down-as-a-judge-from-Indian-Idol-759_umkidICHez.jpg)
संगीतकार तथा गायक अनु मलिक ‘इण्डियन आइडल’बाट अलग्गिने भएका छन् । उनले अब पहिलोपटक ‘सा रे गा मा पा लिटिल च्याम्पस’मा निर्णायकको भूमिका निभाउनेछन् । अनुले यो कुराको पुष्टी गरेका छन् । ‘म लामो समयदेखि इण्डिया आइडलसँग जोडिएको छु । अब म योभन्दा अगाडि बढ्न चाहन्छु । पहिलोपटक सा रे गा मा पाको निर्णायक हुन पाउँदा खुशी छु । अब म युवा गायक गायिकालाई जज गर्न केन्द्रित हुनेछु’, अनुले भनेका छन् ।
इण्डियन आइडलमा रहँदा अनु ‘मीटू’ विवादमा मुछिएपछि उनले यो शो छोडेका थिए । तर सन् २०२१ मा विशाल ददलानीले शोबाट ब्रेक लिएपछि उनको स्थानमा पुनः मलिक गएका थिए ।
‘मिटु’ विवादमा जोडिएपछि यो विषयमा उनलाई सञ्चारमाध्यमले प्रश्न गर्दा उनले बोल्न अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँगको भेटपछि खनालले भने– हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ
-
महाधिवेशनमा हार्ने डर भएकाले प्रतिनिधिबाट अनुमोदन हुन दिएनन् : किसान श्रेष्ठ
-
आन्दोलनका लागि आर्थिक सङ्कलन गर्न राजेन्द्र महतोले बनाए यस्तो योजना
-
म्यानेजमेन्ट अध्ययनका लागि नेपालमै उत्कृष्ट ग्लोबल कलेज
-
रुसको भूउपग्रह पड्कियो, चीनले लगायो आफ्नो आईएसएसमा कवच
-
१७ दिनमा १२ वटा पुल भत्किएपछि बिहारमा ११ जना इन्जिनियर निलम्बनमा