बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी र पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध

आइतबार, २२ साउन २०७९, ०८ : २४
आइतबार, २२ साउन २०७९

निरन्तरको वर्षापछिको बाढी र पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । 

निरन्तर वर्षाको कारण हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची-तालामाराङ सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै स्थानीयलाई हिँडडुलमा समेत समस्या भएको छ । 

वैकल्पिक मार्ग नभएको र मूल सडकमा बाढी तथा कतिपय स्थान कटानमा परेसँगै समस्या भएको हो ।  गत वर्ष मेलम्ची बाढीपछि सो स्थानका सडक जोखिममा परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप