बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

रोहित सम्मिलित केडिरीको दोस्रो हार

आइतबार, २२ साउन २०७९, ०७ : १३
आइतबार, २२ साउन २०७९

नेपाली राष्ट्रिय टिमका डिफेन्डर रोहित चन्द सम्मिलित पर्सिक केडिरीले इन्डोनेशियन लिग वानमा दोस्रो हार बेहोरेको छ । 

शनिबार भएको खेलमा केडिरी शीर्ष स्थानको मादुरा युनाइटेडसँग १–० ले पराजित भएको हो । खेलमा रोहितले भने पूरा समय मैदानमा बिताएका थिए ।

मादुराको जितमा ३६ वर्षीय स्टेबन भिज्काराले निर्णायक गोल गरे । उनले ४६ औं मिनेटमा गोन्कालोको पासलाई पोस्टको दिशा दिएका थिए । लगातार दोस्रो हारसँगै एक अंकमात्र जोडेको केडिरी रेलिगेशन जोनमा छ । यस्तै, हालसम्म अपराजित रहँदै शीर्ष स्थानमा रहेको मादुरीको ९ अंक छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप