मुक्ति समाज उर्लाबारीको प्रथम अधिवेशन सम्पन्न

नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली सर्वसम्मत चयन भएका छन् ।
शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा गीता गजमेर, सचिवमा राजिव दियाली, सहसचिवमा टिकाराम विश्वकर्मा र कोषाध्यक्षमा देवी पाँचकोटी सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै सवै सदस्यहरूसमेत सर्वसम्मत चयन भएको अध्यक्ष मण्डलका अध्यक्ष तथा नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङका अध्यक्ष किशोर विश्वकर्माले जानकारी दिए ।
कार्यक्रममा मुक्ति समाजका केन्द्रीय सदस्यहरु भद्रमान विश्वकर्मा, दिपेन्द्र पासवान, नेकपा एमाले उर्लाबारी नगर कमिटी अध्यक्ष गंगाप्रसाद बास्तोला, उर्लाबारी नगरपालिकाकी उपमेयर मीना खतिवडालगायतले अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरुलाई शुभकामना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार
-
तीन दिनभित्र शिक्षकका जायज माग पूरा गरी विद्यालय फर्काउने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
लोकतन्त्र दिवस विशेष: गणतन्त्रले नेपालीलाई के दियो ?
-
चलचित्र ‘जार’ काे गीत ‘ए ठूली’ मा लाहुरेको प्रेमकथा
-
बढुवा भएका ७५ जना प्रहरी वरिष्ठ नायव निरीक्षकहरुको पदस्थापन