शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सी र नेयमार चम्किँदा पिएसजीको सहज जित

आइतबार, २२ साउन २०७९, ०६ : १५
आइतबार, २२ साउन २०७९

स्टार खेलाडी लियोनल मेस्सीले दुई गोल र एक असिस्ट गरेपछि शनिबार राति पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सहज  सुरुवात गरेको छ ।

पिएसजीले घरेलु टोली क्लेरमन्ट फुटमाथि ५–० को सानदार जित निकाल्ने क्रममा मेस्सीले दुई गोल गरे भने ब्राजिली फरवार्ड नेयमारले तीन असिस्टसँगै एक गोल गरे । यस्तै, अचरफ हाकिमी र कप्तान मार्किन्होसले एक एक गोल गरे ।

खेलमा पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो । जितसँगै साविक विजेता पिएसजीले ३ अंक जोडेको छ । क्लेरमन्टले अंक जोड्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप