
ADVERTISEMENT

बैतडीको सुर्नया गाउँपालिका–७ का ३७ वर्षीय रघुवीर कुँवर मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार उनी वडा नं ७ रौतगाउँको गोराखला टोल घर भएका बिहान वडाको घङ्राड भन्ने ठाउँमा मृत भेटिएका हुन् ।
पारिवारिक स्रोतका अनुसार उनी बिहीबार दिउँसो सामान किन्नका लागि स्थानीय चौथाली बजार गएका थिए । कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ