युरोपको सबैभन्दा ठूलो आणविक संयन्त्रमा आक्रमण : युक्रेन र रुसद्वारा एक अर्काविरुद्ध आरोप
शनिबार, २१ साउन २०७९, १८ : ४०
युरोपको सबैभन्दा ठूलो आणविक उर्जा संयन्त्रमा आक्रमण भएपछि घटनाको लागि युक्रेन र रुस एकअर्कालाई दोष लगाइरहेका छन् । आक्रमणपछि उर्जा संयन्त्रको रियाक्टर बन्द भएको छ । युक्रेनमा आक्रमण सुरु भएको केही समयपछि नै रुसी फौजले दक्षिणी युक्रेनस्थित जपोरिझझिया आणविक संयन्त्रलाई कब्जामा लिएको छ ।
रुसले आणविक संयन्त्रलाई ठूलठूला हतियार लुकाउन प्रयोग गरेको युक्रेनको आरोप छ । मस्कोले भने युक्रेनले विभिन्न बाहना बनाएर संयन्त्रमा प्रहार गर्ने गरेको आरोप लगाइरहेको छ । ‘आणविक संयन्त्रको रियाक्टर नजिक तीन वटा आक्रमण भएको थियो,’ युक्रेनको सरकारद्वारा सञ्चालित आणविक उर्जा संयन्त्रका सञ्चालक एनरगोएटमले एक विज्ञप्तिमा भनेको छ । ‘आक्रमणले हाईड्रोनको चुहावट र रेडियोधर्मी विस्तारको जोखिम बढेको छ । आगजनीको खतरा एकदम उच्च छ,’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी