शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सम्बन्धित क्षेत्र उत्साहित हुने गरी  काम गर्छु : मन्त्री कुँवर

शनिबार, २१ साउन २०७९, १६ : ०१
शनिबार, २१ साउन २०७९

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका  छन् । मन्त्री कुँवरले मन्त्रीको रूपमा आफूले पाएको जिम्मेवारी अस्थायी भएपनि सो पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने बताएका हुन् ।

राष्ट्रिय नागरिक विकास समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले भने, ‘मैले पनि मन्त्रिपरिषद् सदस्यको जिम्मेवारी पाएको छु । मैले आफ्नो मन्त्रालयमा कति बस्छौं, त्यो बेग्लै कुरा हो । जीवन त अस्थायी छ । पद, प्रतिष्ठान भनेको सधैं रहिँरहदैन । यो दुनियाँलाई थाहा भएको कुरा हो । तर हामी जति बस्छौँ, जुन क्षेत्रमा हामीले काम गर्‍यो । त्यो क्षेत्रले उत्साह पाउने गरी हामीले काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । र, मैले खेल्नुपर्ने भूमिकाको लागि र यो मन्त्रालयबाट खेल्नुपर्ने भूमिकालाई अवश्य पनि मैले सकेपछि सहयोग अवश्य पनि रहने विश्वास म दिलाउन चाहन्छु । मैले आफ्नो तर्फबाट यो राष्ट्रका लागि, नेपाली जनताको लागि खेल्नुपर्ने भूमिका सक्दो सहयोग पुर्‍याउने विश्वास म यहाँहरूलाई दिलाउन चाहन्छु ।’

मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउन जरुरी रहेको पनि बताए । सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरूको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाई थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप