शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सल्यानमा जङ्गली च्याउ खाँदा ९ जना बिरामी

शनिबार, २१ साउन २०७९, १५ : ५३
शनिबार, २१ साउन २०७९

सल्यानमा जंगलबाट ल्याएको च्याउ खाँदा नौ जना बिरामी भएका छन् । शारदा नगरपालिका–४ साईलाकम्दा बस्नै दीर्घ बस्नेतको परिवारका ४ र बनगाड कुपिण्डे नगरपालिका –९ जैतपानी बस्ने भूप बहादुर ओलीको एकै घरका ५ जना च्याउ खाएर बिरामी परेका हुन् । 

प्रहरीका अनुसार शुक्रबार साँझ बस्नेतको परिवारका चार जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको छ । उनकी श्रीमती वर्ष ४० की मिना बस्नेत,  छोरी पवित्रा बस्नेत, सोही ठाउँमा केशर बस्नेतको छोरा वर्ष ९ को जोन बस्नेतको उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको छ भने केशर बस्नेतकै ४ वर्षकी छोरी जोशना बस्नेतको अवस्था गम्भीर रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । 

आइतबार साँझ नै  बनगाड कुपिण्डे नगरपालिका–९ जैतपानी बस्ने भूप बहादुर वलीको परिवारले जङ्गली च्याउ खाएर बिरामी भएका उनको परिवारका पाँच जनाकै जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।  उनीहरूलाई सामान्य उपचार पछि प्रदेश अस्पताल सुर्खेतमा उपचार रिफर गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप