बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकृतिले नै अवसर दिएको छ, युवाहरू निराश नहुनुहोस् :  खेलकुद मन्त्री

शनिबार, २१ साउन २०७९, १५ : ४०
शनिबार, २१ साउन २०७९

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरूले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरूलाई निराश नहुन पनि पटकपटक आग्रह गरे । 

उनले भने, ‘अब संघ र प्रदेशको निर्वाचनको मिति तय भइसकेको छ । र, त्यसमा जाँदा नयाँ प्रतिवद्धतासहित नयाँ जनप्रतिनिधिहरू हाम्रो बीचमा आउनेछन् । उनीहरूले साँच्चीकै यो देशका बेरोजगारीका समस्याहरू, गरिबिका समस्याहरू, अभाव र अनिकालका समस्याहरूलाई सही ढंगले व्यवस्थापन गर्ने आधार साझा ढंगले खोज्नुपर्ने अवस्था छ । र, यसलाई लिएर जान्छौँ । विकसित देशहरू कसरी विकसित भन्दाखेरि जहाँ छोयो, त्यहाँ पैसा फल्ने वातावरण बनाएको छ । हाम्रो त प्रकृतिले नै त्यो अवसर दिएको छ । हामीले त्यसलाई प्रयोग गर्न नसकिरहेको मात्रै हो । पर्यटकीय हिसाबले हेर्‍यौँ भने । अर्कोतर्फ ठूला उद्योगधन्दा,कलकारखानालाई व्यवस्थित गर्न सके यहाँ बेरोजगारीको समस्या हुँदैन । त्यसैले युवाहरू निराश हुनुपर्दैन ।’

मन्त्री गहतराजले मुलुकको विकास र समृद्धिका लागि वैदेशिक रोजगारबाट फर्केका युवाहरूको ज्ञान, सीप र अनुभव उपयोग गरेर अघि बढ्ने गरी सरकारले आवश्यक गुरु योजना तय गरेर अघि बढ्ने आश्वासन समेत दिनु भयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप