शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘नेपाली क्रिकेटमा विदेशी लगानी सकारात्मक’

शनिबार, २१ साउन २०७९, १४ : २०
शनिबार, २१ साउन २०७९

यति बेला नेपाली क्रिकेटले नयाँ अध्याय फर्दैछ । नेपाल टी–ट्वान्टीको रूपमा नेपाली क्रिकेटमा नयाँ प्रतियोगिता सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्ने प्रतियोगिता यसै लिगमा विराटनगर र जनकपुर सहित ६ टोलीले सहभागिता जनाउँदै छन् । लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिताका लागि विदेशी कम्पनीहरूले नेपाली टोली खरिद गरेका छन् । नेपाल टी–ट्वान्टीका ६ टोलीमध्ये ३ टोली विदेशी कम्पनीले खरिद गरेको छ । नेपालमा हुने घरेलु प्रतियोगिताका लागि विदेशी कम्पनीले टिम खरिद गर्नु सकारात्मक रहेको क्यानको भनाइ छ । 

प्रतियोगितामामा सहभागी टोलीलाई नेपालका विभिन्न सहरहरूको नाम दिएको छ । प्रतियोगितामा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स । क्यानले ६ टिम मध्य चार टिमको नाम र मालिक सार्वजनिक गरेको छ । जसमा एक टिम नेपाली कम्पनीले किनेको छ भने बाँकी तीन टिम विदेशी लगानीमा छ । 

कान्तिपुरको टिम मालिकमा महेश्वर स्वार, लुम्बिनीका सञ्जय शर्मा, विराटनगरमा विक्रम यादव र जनकपुरमा गौरी शंकर धामनी रहेका छन्  । तीन मध्य दुई भारतीय कम्पनीले किनेको हुन् भने एक अमेरिकाको कम्पनीले किनेको हुन् । बाँकी दुई टिम भने नेपाली कम्पनीले नै खरिद गरेका छन् । 

भारतीय कम्पनीले नै खरिद गरेको टिम भएकाले विदेशी खेलाडी पनि उच्च स्तरको आउने अपेक्षा गरिएको छ । जसमा नेपाली खेलाडीहरूले आफ्नो अनुभव पनि साट्न पाउने विश्वास क्यानले गरेको छ । 

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले नेपाली क्रिकेटमा विदेशी लगानी आउँदा खेलाडीहरूले पनि आफ्नो स्तर माथि उकास्न पाउने र व्यावसायिक बन्न पनि सहयोग पुग्ने बताए । 

‘नेपाली क्रिकेटमा विदेशी लगानी भित्रिनु सकारात्मक हो । जति विदेशी लगानी बढ्दै जान्छ त्यति नेपाली खेलाडी व्यावसायिक बन्दै जान्छन् । अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएका खेलाडीहरू पनि नेपाल आउने सम्भावना धेरै हुन्छ,’ मल्लले रातोपाटीसँगको कुराकानीमा भने । 

‘टी–ट्वान्टी लिगले विदेशी खेलाडीहरू नेपाल भित्रन्छन् । उनीहरूले नेपाली क्षेत्रहरूको प्रचार गर्दछन् । उनीहरूलाई हेर्न वा उनीहरूको माध्यमबाट धेरै विदेशीहरू नेपाल आउँछन् । त्यसले गर्दा नेपालको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्छ,’ मल्लले भने । 

क्यानले विदेशी स्पोन्सर पनि भित्राउने योजना बनाएको छ । क्यानले आयोजना गर्ने प्रतियोगिताका लागि अहिले विदेशी कम्पनीहरूले पनि आफूहरू स्पोन्सर गर्न चाहेको  बताएको छ । 

लामो समय नेपाली घरेलु प्रतियोगिताहरू आयोजनाको जिम्मा नेपाली कम्पनीहरूले गरेका थिए । त्यस समयमा नेपाली आयोजकहरूले आईसीसीलाई २० हजार डलर दिएर प्रतियोगिता गर्न पाउने व्यवस्था थियो । 

त्यति बेला नै क्यानले आफ्नो बेग्लै प्रतियोगिता गर्ने योजना बनाएको थियो । क्यानले नेपाली टी–ट्वान्टी क्रिकेट लिग गर्ने योजना बनायो । टी–ट्वान्टी लिग आयोजना हुने भएपछि यसअघि हुँदै गरेका घरेलु प्रतियोगिताहरू रोकिने भए । 

क्यान निलम्बन भएको समयमा भएका प्रतियोगिताहरूलाई अब क्षेत्रीय प्रतियोगिताको रूपमा मात्र मान्यता दिने क्यानले जनाएको छ । तर, यस विषयमा भने प्रतियोगिता आयोजकहरूले असन्तुष्टि जनाएका थिए । 

टी–ट्वान्टी लिगको आयोजनाले नेपाली पर्यटन विकासमा समय टेवा पुग्ने कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए । उनले टी–ट्वान्टी लिगका लागि नै भनेर विदेशी खेलाडी नेपाल भित्रने उनीहरूले नेपाली क्षेत्रको प्रचार पनि गर्ने भएकाले पर्यटन विकासमा सकारात्मक प्रभाव गर्ने बताए । 

‘टी–ट्वान्टी लिगले विदेशी खेलाडीहरू नेपाल भित्रन्छन् । उनीहरूले नेपाली क्षेत्रहरूको प्रचार गर्दछन् । उनीहरूलाई हेर्न वा उनीहरूको माध्यमबाट धेरै विदेशीहरू नेपाल आउँछन् । त्यसले गर्दा नेपालको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पर्छ,’ मल्लले भने । 

मल्लले विदेशी डलर भित्रिदा नेपालको आर्थिक क्षेत्रमा पनि ठुलो राहत मिल्ने बताए । विदेशी लगानीकर्तासँगै देशको आर्थिक पाटोमा पनि जोड्न सकिने बताए । 

अब नेपाल टी–ट्वान्टीमा सार्वजनिक हुन बाँकी टोली फार वेस्टर्न र पोखरा हुन् । दुवै टोलीले नेपाली लगानीकर्ता पाएको छ । नेपाली लगानीकर्ता भए पनि अन्य टोली बराबर नै खर्च गर्न टिमहरू तयार छन् । जसमा विदेशी खेलाडीहरू कस्तो भित्र्याउने भन्ने अहिलेको चुनौती हो । 

सर्वाेच्चमा मुद्दा परे पनि क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।

सबै टोलीहरू अनुभवी र उत्कृष्ट विदेशी खेलाडीहरू भित्र्याउन कसरत गर्नेछन् । टिम लुम्बिनीका मालिक सञ्जय शर्माले आफूहरूले टिम खरिद गर्न पाएको खुसी भएको बताए । 

उनले नेपालमा आफूहरूले लगानी गरेर क्रिकेट विकासमा सहयोग पुगाउने अवसर पाउँदा खुसी लागेको बताए । उनले सकेसम्म राम्रो र अनुभवी विदेशी खेलाडी सहितको टिम तयार हुने बताए । 

‘नेपाली क्रिकेट लिगको टिम खरिद गर्ने मौका पाउँदा खुसी छु। क्यानलाई यो अवसरका लागि धन्यवाद । हामी अनुभवी विदेशी खेलाडीसहितको टिम तयार पार्ने कुरामा विश्वस्त छौँ,’ उनले टिम घोषण कार्यक्रममा भने । 

नेपाल टी–ट्वान्टी लिगकै विषयमा सर्वोच्च अदालतमा क्यानविरुद्ध मुद्दा परेको छ । भारतीय कम्पनीले नेपाली क्रिकेट नै खरिद गर्न लागेको र गैर कानुनी रूपमा नेपाल टी–ट्वान्टी लिगको सबै अधिकार खरिद गरेको भन्दै मुद्दा परेको छ । 

सर्वाेच्चमा मुद्दा परे पनि क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यसअघि नै मान्यता दिईसकेको छ । प्रतियोगिताका विषयमा अदालत तथा अख्तियारमा मुद्दा परे पनि क्यानको पक्षमा फैसला आउने अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । 

‘केही व्यक्तिले आफ्नो स्वार्थका लागि क्यानविरुद्ध मुद्दा हालेका छन् । तर, अदालतले क्यानकै पक्षमा फैसला गर्नेछ । नेपाली क्रिकेटको विकासका लागि कसैले बाधा पुगाउने छैन,’ चन्दले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप