बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चाख्ने होइन त ‘कोथिना मिठो छ’ को स्पेनिस परिकार तापास प्लाटो ?

शनिबार, २१ साउन २०७९, १३ : २६
शनिबार, २१ साउन २०७९

मिठो स्पेनिस र नेपाली परिकार पस्कने ठाउँ हो ‘कोथिना मिठो’ छ । काठमाडौंको लाजिम्पाटमा रहेको ‘कोथिना मिठो छ’ एउटा रेष्टुरेन्ट हो । क्याफे, बार, बेकरी, बेड एण्ड ब्रेकफास्टलगायतको समेत सुविधा रहेको कोथिना मिठो छ, ‘स्कुल अफ हस्पिटालिटी एण्ड सस्टेनेबल सोसल इन्टरप्राइजेज’ पनि हो ।

स्पेनिस भाषामा कोथिना अर्थात् किचेन र नेपालीमा मिठो शब्दको छनोट गरेर मिठो भन्सा वा ‘टेस्टी किचेन’ का रूपमा यो परिचित रहेको रेष्टुरेन्टका सञ्चालक देवेन्द्र पोखरेल बताउँछन् । यो रेष्टुरेन्ट हरियाली वातावरणसहित, शान्त र केहि मौलिक पनि छ । युवाहरूलाई होटल सम्बन्धि तालिम दिएर रोजगारीका लागि सहयोग गर्नुका साथै स्वदेशी तथा विदेशी पाहुनाहरूको स्वागतमा कोथिना मिठो छ सधैँ व्यस्त रहने यसका सञ्चालक बताउँछन् ।

‘इटिङ फर सोसल कज’ अनि ‘हेल्पिङ बाइ स्टेयिङ’ को नारा लिएर अघि बढेको यो संस्थाले हालसम्म १० हजार बढी युवालाई हस्पिटालिटी सम्बन्धी तालिम दिएर रोजगारीका लागि सहयोग पुर्‍याएको सञ्चालक पोखरेल बताउँछन् । उनका अनुसार रेष्टुरेन्टमा आएर बस्ने, खानेहरूकै सहयोगमा संस्था सञ्चालन भइरहेको छ । स्वदेशी तथा विदेशी पाहुनाहरूले गरेको खर्च र प्राप्त मुनाफाबाट नै सोसल इन्टरप्राइजेजका रूपमा संस्था सञ्चालित रहेको पोखरेलको भनाइ छ । 

२०१२ मा स्थापना भएर निरन्तर अघि बढिरहेको यो संस्थाले अनाथ, गरिब र फरक क्षमता भएका युवाहरूलाई पनि हस्पिटालिटी स्कुलको सेवा प्रवाह गर्दै आएको छ । विशेष गरेर ‘बेड एण्ड ब्रेकफास्ट’, ‘रेष्टुरेन्ट’ र ‘होटलसम्बन्धी सम्पूर्ण तालिम’ प्रदान गर्दै आएको कोथिना मिठो छले, निकट भविष्यमा आफ्नो सेवालाई नेपालका अन्य ठूला सहरहरूमा पनि विस्तार गर्ने योजना बोकेको छ । 

कोथिना मिठो छले थुप्रै परिकार पस्कने गरेको छ । आफ्नै कम्पाउण्डमा आवश्यक ग्रिन सलादहरू उत्पादन गर्ने गरेको यस संस्थाले विशेष गरेर ‘पोइजो डी आलितास’ अर्थात् चिकेन विङ्स, पिज्जा र तापास प्लाटोलाई आफ्नो विशेषताको रुपमा लिँदै आएको छ । कोथिना मिठो छमा पुग्ने ग्राहकहरुले धेरै रुचाएको र सर्वाधिक बिक्रि हुने खान्कीमा पर्ने परिकार पनि हो तापास प्लाटो । स्न्याक्सका रुपमा प्रयोग गरिने तापास प्लाटो हल्का खानाको परिकारमा पर्दछ ।

जसमा, नेपाली सलाद, हरियो मकै, हरियो केराउ, आलु मक्का, काँक्राको सलाद, गोलभेडा र काँक्राको मिक्स सलाद, ससेस बेकन रोल र ओलिभ्स्सहित प्लेटिङ गरेर पाहुनलाई पस्कने गरिन्छ । 

आजको रातोपाटीको खानाबार विशेष सेग्मेन्टमा हामीले कोथिना मिठो छ को विशेष स्पेनिस परिकार ‘तापास प्लाटो’ लाई पस्कँदै छौं ।

स्पेनिस परिकार तापस प्लाटो बनाउन के–के आवश्यक पर्छ त ?

उसिनेको आलु

अदुवा र लसनुको पेष्ट

गोलभेडा

हरियो खुर्सानी

ससेस 

बेकन

स्मोक्ड चिकेन

नुन र बिरे नुन

कागती

मरिचको धुलो

बटर

खाने तेल

हट सस (खुसार्नीको धुलो)

काँक्रा र गाजर

थोरै मात्रामा चिनी

थोरै मात्रामा सेतो तीलको दाना

हरियो धनियाँ

केहि मात्रामा टिम्मुर

मायोनेज 

किकोमन सस

केचप

अब, तापास प्लाटो कसरी बनाउने त ? कोथिना मिठो छका हेड सेफ निजल महर्जनको सहयोगमा ‘कुकिङ प्रोसेस र रेसिपी’सहितको यो भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप