बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ :  प्रकाशमान सिंह

शनिबार, २१ साउन २०७९, १३ : ०७
शनिबार, २१ साउन २०७९

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । शनिवार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले फस्र्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन् ।

उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै अबको चाहना वान अफ म्यान बनेर देशको सेवा गर्न चाहेको बताए । उनले असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्ने कुरा आफू प्रधानमन्त्री बनेपछि जनताले अनुभव गर्ने बताए ।

उनले भने, ‘मलाई साथ दिए, मौका पाएँ भने मेरो त तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु । नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने मैले राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ भन्ने कुरा म देखाउन चाहन्छु ।’ 

नेपाली काँग्रेसको नेतृत्वले जनतालाई अधिकार दिलाउने काममा महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले प्राप्त गरेका ती अधिकारलाई संस्थागत गर्दै देश विकास र आर्थिक उन्नतीको अभियानमा काँग्रेसले लिड गर्ने दाबी गरे । 
उनले देशमा प्रदूषणका कारण विभिन्न समस्या निम्तिरहेको भन्दै ग्रिन इनर्जी उत्पादनमा जोड दिनुपर्ने र हरित ग्यासकै माध्यमबाट देशमा विकासले फड्को मार्ने दाबी गरे ।

उनले भने, ‘विश्वमा ग्रीन इनर्जीको प्रयोग भैरहेको छ । प्रदूषणका कारणले गर्दा मानवजातिले कल्पना नै नगरेको समस्या भोग्नुपरिरहेको छ । ग्रीन इनर्जी पनि हाइड्रो इनर्जी भन्दा सस्तो हुने गरेर नेपालमा चिप रुपमा हाइड्रो उत्पादन गर्नसक्ने राष्ट्र हो । यस्ता कुरामा हामीले ध्यान दिन जरुरी छ । देशको अर्थतन्त्र एकैपटक माथि उठाउन सक्ने हाइड्रोको उत्पादनका कुरामा ध्यान दिन जरुरी छ । प्राध्यापक, विद्यार्थीहरुले ल्याएका नयाँ कुराहरुलाई हामीले राष्ट्रको हित र अर्थतन्त्र सुधार गर्ने कुरा गम्भीर रुपले लिन आवश्यक छ । यस्ता विषयमा आवश्यक कानूनहरु चाँडै बनाउन लगाएर त्यसको प्रतिफल आम नेपाली जनताले पाउनुपर्छ भन्ने कुरा हो ।’ 

नेता सिंहले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले रोइरहेको बताए । उनले नेकपा एमालेले बहुमत ल्याएर सत्तामा जाँदासमेत काम गर्न नसकेको आरोप लगाए । नेता सिंहले सबै नेताको एकै किसिमको स्वभाव र चरित्र नहुने भन्दै एउटाले भ्रष्टाचार गरेको कुरामा सबै नेता त्यस्तै हुन् भन्न नमिल्ने जिकिर गरे ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप