सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान जारी, मत परिणाम आजै आउने

शनिबार, २१ साउन २०७९, १२ : ३०
शनिबार, २१ साउन २०७९

भारतमा उपराष्ट्रपति चयनका लागि मतदान जारी छ । उपराष्ट्रपतिको चयन संसदबाट हुने भएकोले संघीय संसदमा मतदान भएको हो ।   

उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन् । स्थानीय समय अनुसार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुका पाँच बजेसम्म चल्ने अधिकारीहरूले जानकारी दिएका छन् । मतगणना शनिबार नै गरेर नतिजा पनि सार्वजनिक हुने बताइएको छ । 

नवनिर्वाचित उपराष्ट्रपतिलाई सपथ खुवाउने कार्यक्रम भने आगामी अगस्ट ११ मा मात्रै गराइने तालिका रहेको छ ।  सन् २०१७ मा निर्वाचित वर्तमान उपराष्ट्रपति एम बेकैया नायडुको कार्यकाल अगस्ट १० मा सकिने भएकाले नवनिर्वाचित उपराष्ट्रपतिलाई अगस्ट ११ मा सपथ खुवाइने भएको हो । 

नयाँ उपराष्ट्रपतिका लागि विपक्षी दलहरूको तर्फबाट मार्गरेट अल्भालाई उम्मेदवार बनाइएको छ भने सत्तारुढ दलहरूको तर्फबाट भारतीय जनता पार्टीका शीर्ष नेता जगदिप धनकरलाई उठाइएको छ । उनीव्यवसायीक हिसाबले वकिल हुन् भने यसअघि पश्चिम बंगालको गभर्नर रहेका थियो । भारतको संविधान अनुसार उपराष्ट्रपति देशको दोस्रो ठूलो पद हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप