शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङमा एक वर्षमा सवारी दुर्घटनामा १७ जनाको मृत्यु

शनिबार, २१ साउन २०७९, १२ : २१
शनिबार, २१ साउन २०७९

लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७  जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा १७ जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ८ जना गम्भिर घाइते र १७ जना समान्य घाइते भएका थिए । 

गएको आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये सवै भन्दा धेरै मोटरसाइकल रहेका छन् ।  सो अवधिमा जिल्लामा १० वटा  ट्याक्टर दुर्घटनामा परेका थिए ।  यस्तै, अन्य सवारी साधनहरुमा ट्रयाक्टर ६ वटा, ट्रक र जिप दुई-दुई वटा,  बस र अन्य सवारी साधान एक-एक वटा दुर्घटना भएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार सुभाष रानाभाटले बताए  ।  

सवारी दुर्घटना सम्वन्धि कार्यालयको तथ्यांकअनुसार विगत ४ वर्षमा गत वर्ष सवैभन्दा धेरै सवारी दुर्घटनामा परि मानिसले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष ०७५/०७६ मा १४ सवारी दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको थियो । आर्थिक वर्ष ०७६/०७७ मा जिल्लामा १३ सवारी दुर्घटना भएका थिए । ति दुर्घटनामा परेर ८ जनाको ज्यान गएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा २१ सवारी दुर्घटना भएका थिए भने ति दुर्घटनामा परि ११ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ । 

तीन वर्षको अवधिलाई तुलना गर्दा सवारी दुर्घटनाको संख्या र दुर्घटनाबाट हुने मृत्युदरसमेत बढेको कार्यालयको तथ्यांकले देखाएको छ । हालसम्मको दुर्घटनाको प्रकृति हेर्दा सवारी दुर्घटनाको मुख्य कारण चालक संवेदनशिल नहुनु र तीब्र गति प्रमुख रहेको प्रहरी सहायक निरीक्षक  राजाराम पौडेलले भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप