
साउनभित्रै पार्टीका सबै भातृ संस्थाहरुले पूर्णता पाउँछन् : प्रदिप पौडेल

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारहरूलाई कसरी बलियो बनाउने भन्ने बिषयमा सोच्ने समय आएको बताएका छन् । शनिबार चितवनमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले सो कुरा बताएका हुन् ।
नेता पौडेलले भने, ‘टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउने सम्मको मार्गचित्र अहिले देखिनै बनाउनुपर्छ ।’ देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै पौडेलले काँग्रेसका भातृ संस्थाहरुले साउन महिनाभित्रै पूर्णता पाउने बताए । तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिवेशन हुने बताए । उनले भने, ‘भातृ संस्थाहरुले पूर्णता पाउँछ । अनि निर्वाचनमा जान्छन् । भातृ संस्थाको अधिवेशन निर्वाचन पछि मात्रै होला ।’
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ