आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रिमियर लिगमा आज ६ खेल हुँदै

शनिबार, २१ साउन २०७९, १० : ३८
शनिबार, २१ साउन २०७९

इङ्ग्लिस प्रिमियर लिगमा आज बिभिन्न ६ खेल हुँदैछन् । शुक्रबारबाट सुरु भएको नयाँ सिजनको दोस्रो दिनमा ६ खेल हुन लागेका हुन् ।

शनिबार हुने पहिलो खेमला फुलहमले लिभरपुललाई आतिथ्यता प्रदान गर्दैछ । फुलहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ५:१५ बाट सुरु हुनेछ ।

आजको खेलमा लिभरपुल सहज जित निकाल्दै सिजनको सुखद सुरुवात गर्ने योजनामा छ । यता फुलहम पनि सोही योजनामा हुनेछ ।

आज हुने अर्काे खेलमा टोटेनहमले साउथ ह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । टोटेनहमको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

सोही समयमा बर्नमाउथले एस्टनभिल्लासँग प्रतिस्पर्धा गर्दा न्युक्यासलले नथिङहम फरेस्टलाई आतिथ्यता प्रदान गर्नेछ । यसै समयमा हुने अर्काे खेलमा लिड्स युनाइटेड र उल्भ्स प्रतिस्पर्धा गर्नेछन् ।

आज हुने अन्तिम खेलमा एभर्टनले चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार १०:१५ मा सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप