आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रताप दास र दुर्गा बिसुरालको स्वरमा नयाँ तीज गीत सार्वजनिक

शनिबार, २१ साउन २०७९, ०९ : ५१
शनिबार, २१ साउन २०७९

चर्चित गायक प्रताप दास र गायिका दुर्गा बिसुरालको स्वर रहेको नयाँ तीज गीत “यसपाली त जसरी म माइत जाने” को म्युजिक भिडियो सार्वजनिक भएको छ। 

प्रतिकुल मौसम र अप्ठ्यारो घरायसी परिस्थितिमा श्रीमान, श्रीमतीबीच भएको वार्तालाप र समझदारीको भाव समेटिएको गीतलाई युवा गीतकार डीपी खनालले शब्द रचना गरेका हुन। संगीतकार तारा प्रकाश लिम्बुको उत्कृष्ट संगीत रहेको यस गीतलाई सबिन लिम्बुले संगीत संयोजन गरेका छन् ।

सरोज राना प्रजा र आभा थापाको अभिनय तथा नृत्य रहेको म्युजिक भिडियोमा गायिका दुर्गा बिसुराल र राजेश बिसुराल जोडीको पनि अभिनय हेर्न पाइन्छ। फराज अर्पनको छायांकन, संतोष राज बाहकको कोरियोग्राफी तथा डिन्सन शाहको सम्पादन रहेको भिडियोलाई रिवाज बिसुरालले प्रस्तुत गरेका हुन ।

निर्देशक गणेश शाहले निर्देशन गरेको गीतको भिडियो 'राईट ट्यून' अफिसियल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप