रिमेक फिल्ममा अभिनय गर्दैनन् यी साउथ स्टार
बलिउडको जस्तै दक्षिण भारतीय फिल्ममा पनि रिमेकको चलन निकै छ । साउथ फिल्म स्टारहरू पनि रिमेक फिल्म बनाउँछन् ।
धेरै कलाकारहरु रिमेक फिल्मकै कारण सफल भएका छन् । तर यो सूचीमा यस्ता केही स्टार छन्, जसले आफ्नो करियरमा कहिल्यै रिमेक फिल्ममा अभिनय गरेनन् ।
महेश बाबु
यो सूचीका शीर्षस्थानमा अभिनेता महेश बाबु पर्छन् । उनले फिल्म उद्योगमा लामो यात्रा तय गरिसकेका छन् । यो यात्रामा उनले कैयौं सानदार फिल्म दिएका छन् । तर उनले आजसम्म पनि कुनै फिल्मको रिमेकमा अभिनय गरेका छैनन् । उनी रिमेक फिल्म प्रति रिस पोख्छन् ।
अल्लू अर्जुन
‘पुष्पा’ स्टार अल्लू अर्जून पनि रिमेक फिल्मप्रति घृणा गर्छन् । उनी जहिल्यै नयाँ स्क्रिप्ट रोज्छन् र उनी दर्शकलाई नयाँ कथा देखाउन मन पराउँछन् । उनले हालसम्म कुनै पनि रिमेक फिल्ममा अभिनय गरेका छैनन् ।
विजय देवरकोण्डा
यो सूचीमा ‘लाइगर’ स्टार विजय देवरकोण्डा पनि पर्छन् । जो रिमेक फिल्मलाई मन पराउँदैनन् । उनले आफ्नै फिल्म ‘जर्सी’को रिमेकको अफर अस्वीकार गरेका थिए ।
नानी
तेलुगु फिल्म स्टार नानी पनि यस्ता कलाकार हुन्, जसलाई रिमेक फिल्ममा काम गर्न कुनै पनि अवस्थामा मनपर्दैन । उनले आफ्ना लागि रिमेक फिल्म उपयुक्त नभएको अन्तरवार्ताहरुमा बताइसकेका छन् । यद्यपि यिनै अभिनेता अभिनित ६ फिल्म विभिन्न भाषामा रिमेक भइसकेका छन् ।
राणा दग्गुबाती
‘बाहुबली’ का भल्लालदेव उर्फ राणा दग्गुबाती पनि रिमेक फिल्मलाई घृणा गर्छन् । उनी हरेक फिल्ममा नयाँ कथा खोज्छन् ।
अखिल अक्किनेनी
नागा चैतन्यका भाई अखिल अक्किनेनी अहिले फिल्म उद्योगमा आफ्ना लागि नयाँ स्थानका खोजीमा छन् । यद्यपि उनलाई पनि रिमेक फिल्ममा अभिनय गर्न मनपर्दैन ।
साई धरम तेज
तेलुगु स्टार साईं धरम तेज पनि रिमेक फिल्ममा काम गर्दैनन् । उनले उद्योगमा हालसम्म लामो समय बिताएका त छैनन् । तर उनी आफ्नो फिल्मको कथामा निकै ध्यान दिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
-
शीर्ष नेताहरू संघीयताप्रति उदार बन्न सकेनन् : महामन्त्री थापा
-
राजधानीमा भएको आगलागीको घटनामा धनमाल जलेर नष्ट
-
भूकम्पबाट सङ्खुवासभामा एक घर भत्कियो
-
अम्बे कोशी सहकारी ‘समस्याग्रस्त’ घोषित, १३ हजार बचतकर्ताको ६१ करोड हिनामिना
-
खेलकुदमन्त्रीको गुनासो : खेलकुद संघहरूले देशको ऐन कानुन मानेनन्