
प्रिमियर लिगमा आर्सनलको विजयी सुरूआत

प्रिमियर लिगमा आर्सनलले विजयी सुरुआत गरेको छ। गएराति सम्पन्न यस सिजनको पहिलो उद्घाटन खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको हो।
आर्सनलको जितमा गाब्रियल मार्टिनेलीले एक गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो। खेलको २० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ८५ औं मिनेटमा प्यालेसका मार्क गुएहीले आत्मघाती गोल गरेपछि आर्सनलले सहज जित हात पार्यो।
योसहित आर्सनलले महत्वपूर्ण ३ अंक हासिल गरेको छ। आर्सनलले अब अर्को खेल अगस्ट १३ मा लेस्टर सिटीविरुद्ध खेल्ने छ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ