लघुकथा : प्रभु
‘यो रुढीवादी तथा परम्परा मानेर काम छैन । श्रम नै भगवान् हो । पूजा तथा प्रतिफल हो ।’ रामभक्त भँडेलका छिमेकीले जप्ने मूल मन्त्र यही थियो । श्रमलाई प्राथमिकता दिएकोमा रामभक्त चुप थिए ।
रामभक्त भँडेल नेवारी कुलकै प्रिय नाम थियो । हरेकका सुख दुखमा सँगै हुन्थे । सबैले मान्ने माननीय थिए । भोज भतेर होस् या केही गर्दा उनी निष्पक्ष बोल्थे । निष्पक्ष बोल्ने हुनाले उनको विचार कसैले काट्न सक्दैनथे । बिग्रेका युवा पुस्ता पनि उनलाई देख्ने बित्तिकै थरथर काँप्थे । स्वतन्त्र व्यक्ति नै शक्तिशाली बन्छ भन्नलाई उनी सिङ्गै उदाहरण थिए ।
सोमबार बिहान मन्दिरबाट फर्किने क्रममा छिमेकी हतार हतार गर्दै सडकमा आइपुगे । उनले कौतूहल मान्दै सोधे, ‘ओ पासा, कता ?’ छिमेकीले हतार रहेको जनाउँदै भने, ‘अमेरिकाबाट सहायक विदेश मन्त्री आएकाले स्वागत गर्न जान लागेको । हाम्रो पार्टीले जिम्मेदारी मलाई खटाएको छ ।’
सिधा मान्छेलाई छक्का पञ्जा पचेन । उनले रिसाउँदै भने, ‘यस्ताहरू छिमेकी भएपछि समाज कसरी बन्छ ? श्रम गर्नेको पो त श्रम भगवान् हुन्छ । काम नगर्नेहरूका प्रभु अर्कै हुँदा रहेछन् ।’
हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचन : हेटौँडा–१२ का उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
-
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ
-
सुदूरपश्चिम भ्रमणको तयारीमा पूर्वराजा शाह
-
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै