बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : प्रभु

शनिबार, २१ साउन २०७९, ०६ : ४२
शनिबार, २१ साउन २०७९

‘यो रुढीवादी तथा परम्परा मानेर काम छैन । श्रम नै भगवान् हो । पूजा तथा प्रतिफल हो ।’ रामभक्त भँडेलका छिमेकीले जप्ने मूल मन्त्र यही थियो । श्रमलाई प्राथमिकता दिएकोमा रामभक्त चुप थिए ।

रामभक्त भँडेल नेवारी कुलकै प्रिय नाम थियो । हरेकका सुख दुखमा सँगै हुन्थे । सबैले मान्ने माननीय थिए । भोज भतेर होस् या केही गर्दा उनी निष्पक्ष बोल्थे । निष्पक्ष बोल्ने हुनाले उनको विचार कसैले काट्न सक्दैनथे । बिग्रेका युवा पुस्ता पनि उनलाई देख्ने बित्तिकै थरथर काँप्थे । स्वतन्त्र व्यक्ति नै शक्तिशाली बन्छ भन्नलाई उनी सिङ्गै उदाहरण थिए । 

सोमबार बिहान मन्दिरबाट फर्किने क्रममा छिमेकी हतार हतार गर्दै सडकमा आइपुगे । उनले कौतूहल मान्दै सोधे, ‘ओ पासा, कता ?’ छिमेकीले हतार रहेको जनाउँदै भने, ‘अमेरिकाबाट सहायक विदेश मन्त्री आएकाले स्वागत गर्न जान लागेको । हाम्रो पार्टीले जिम्मेदारी मलाई खटाएको छ ।’

सिधा मान्छेलाई छक्का पञ्जा पचेन । उनले रिसाउँदै भने, ‘यस्ताहरू छिमेकी भएपछि समाज कसरी बन्छ ? श्रम गर्नेको पो त श्रम भगवान् हुन्छ  । काम नगर्नेहरूका प्रभु अर्कै हुँदा रहेछन् ।’

हेलम्बु–६, सिन्धुपाल्चोक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप