कविता : नदी र मृतभूमि
म हिमालको काखबाट आएकी हुँ,
एक्कासी सललल बग्दा
पहाड पहाडजस्तो लागेन
किनकि
त्यहाँ खाली रापिलो किरण थियो
चिसो बतास थिएन
पहाडहरूबाट म हतारिएँ
चट्टानहरूका बीचमा चिप्लिन सकिन
बाटोको एक सानो सहर अलप भएछ
मैले कतै देखिन ।
माछापुच्छ्रेको टुप्पीदेखि बग्छु
यो माटोको गण्डकसम्म पुग्छु
तिमीलाई छोडेर सीमा पारीसम्म जान्छु
स–साना खोलामा जोडिन,
म सधैँको लागि जान्छु ।
ठूला ढुङ्गाको बाटोमा म बकबक गरेर उफ्रन्थें
साना तिखा गग्रेटालाई साथै लान्थें
बुलबुले खाडलहरूमा म हडबड गर्थें
देखिन ती ठूला ढुङ्गा तिखा गग्रेटाहरू
म बडबड गर्छु
बकबक गर्छु
जसरी म बग्छु
भरिएको नदीमा जोडिन,
त्यसरी नै तिमी आउन सक्थ्यौ
र कहिलेकाहीँ जान सक्थ्यौ
तर म सधैँको लागि जान्छु ।
म घाँसे मैदानबाट तल हेर्छु
चौंरीहरू कतै हराएछन्
भेडीगोठहरू डाइनोसर जस्तै भएछन्
यो विलापको दुःख
प्रेमीहरूको लागि के भयो होला ?
म बग्छु सर्छु र उदास हुन्छु
म हेर्छु, हिजोको बालुवा माटो बनेछ
म यी कुरा चन्द्रमा र,
ताराहरूमुनि बसेर गनगन गर्छु
तिमीले बनाएको तातो मरुभूमिमा
म मलाई हेरेर वरिपरि घुम्छु
तर तिमीलाई कतै देखिन
मात्र मृतभूमि देख्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहको उपनिर्वाचन : कर्णालीमा महाबु गाउँपालिकाको अध्यक्ष पदमा दलहरूको चासो
-
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
-
आमा-छोराको हत्या गरी फरार अभियुक्त ४ वर्षपछि पक्राउ
-
सुदूरपश्चिम भ्रमणको तयारीमा पूर्वराजा शाह
-
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
-
लिक्विफाइड न्याचुरल ग्यास आयातको अनुमति, तर छैन मापदण्ड