जनकपुरधाम उपमहानगरका मेयर विरुद्ध आन्दोलन गर्ने चेतावनी
शुक्रबार, २० साउन २०७९, २२ : ४७
जानकी मन्दिर वरिपरि फुटपाथमा व्यवसाय गरी गुजारा चलाउँदै आएका साना तथा खुद्रे व्यापारीहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयर विरुद्ध आन्दोलन गर्ने भएका छन् । मेयर मनोजकुमार साहको निर्देशनमा सडक छेउमा पसल थापेर व्यवसाय गर्दै आएका साना व्यापारीहरूलाई दुःख दिएको भन्दै उनीहरुले आन्दोलन गर्ने भएका हुन् ।
व्यापारीहरुले आइतबारदेखि जनकपुरधाम उपमहानगरपालिका र मेयर साहको विरोधमा आन्दोलन गर्ने तयारी गरेका छन् । सडक छेउको फुटपाथ खाली गरेपछि साना तथा खुद्रे व्यापारीहरूको जीविकोपार्जनमा संकट उत्पन्न भएको भन्दै आन्दोलन गर्ने निर्णयमा पुगिएको व्यवसायी नेता सुशील कर्णले बताए ।
उनले भने, ‘जानकी मन्दिर वरिपरिको फुटपाथ व्यापार गर्नेहरुका लागि जीविकोपार्जनका लागि उचित व्यवस्थापन मिलाउन नसक्दा मेयर मनोज साहविरुद्ध संघर्षमा उत्रिनु परेको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि