शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

शुक्रबार, २० साउन २०७९, २२ : ०१
शुक्रबार, २० साउन २०७९

भारतले साफ यू–२० च्याम्पियनसिप फुटबलको उपाधि जितेको हो । शुक्रबार भएको फाइनलमा बंगलादेशलाई ५–२ गोल अन्तरले हराउँदै भारतले लगातार दोस्रो पटक उपाधि जितेको हो ।  

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा भारतलाई जित दिलाउन गुर्किरात सिंहले ह्याट्रिकसहित ४ गोल गरे । यस्तै हिमान्सु जान्ग्राले एक गोल गरे । बंगलादेशका मोहमद रोजन र शाहीम मियाले एक एक गोल गरे ।

भारतले खेलको दोस्रो मिनेटमा गुर्किरात सिंहको पेनाल्टी गोलमार्फत  अग्रता बनाएको थियो । बंगलादेशका लागि खेलको ४५ औं मिनेटमा मोहमद रोजनले बराबरी गोल फर्काए । खेलको ४८ औं मिनेटमा शाहीम मियाले गोल गर्दै बंगलादेशलाई २–१ को अग्रता दिलाए । गुर्किरातले ६० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल भारतलाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको निर्धारित ९० मिनेटमा थप गोल भएन र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा भारतले लगातार तीन गोल थप्यो । खेलको ९२ औं मिनेटमा हिमान्सु जान्ग्राले गोल गर्दै भारतलाई ३–२ को अग्रता दिलाए । ९३ औं मिनेटमा गुर्किरातले ह्याट्रिक पूरा गर्दा भारतका लागि चौथो गोल गरे । खेलको ९९ औं गुर्किरातले व्यक्तिगत चौंथो गोल गर्दै भारतलाई ५–२ को जित दिलाए ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप