मङ्गलबार, २७ फागुन २०८१
ताजा लोकप्रिय

मंसिरपछि माओवादी पहिलो कम्युनिष्ट शक्ति बन्छ : पञ्चा सिंह

शुक्रबार, २० साउन २०७९, १२ : ००
शुक्रबार, २० साउन २०७९

अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् । अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।

माओवादी केन्द्रीय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने बताइन् ।  निर्वाचनपछि गठबन्धनको दोस्रो  ठूलो  शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने उनको भनाई थियो ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का महासचिव दिपेश पुनले  तीन महिने अभियान सञ्चालन गरेको अखिल (क्रान्तिकारी)ले  सुदूरपश्चिम, लुम्बिनी, कर्णालीसहित एक नम्बर प्रदेशमा भेला सकिसकेको र बागमती प्रदेश र मधेश प्रदेशका भेला र कार्यक्रमहरु साउन महिनाभित्र सम्पन्न हुने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?