बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियाको अस्पताल भवनमा आगलागी हुँदा ५ जनाको मृत्यु

शुक्रबार, २० साउन २०७९, २१ : २९
शुक्रबार, २० साउन २०७९

अस्पताल रहेको एउटा भवनमा आगलागी हुँदा दक्षिण कोरियामा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।  मृत्यु भएकामध्ये चार जना विरामी र एक जना नर्स रहेको अधिकारीहरुले जानकारी दिएका छन् । अस्पतालमा आगलागी भएको बेलामा ३३ विरामी र १३ स्वास्थ्यकर्मी रहेका थिए । 

इचेओनमा भएको घटनामा परी अरु ४४ जना घाइते भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।  घटनास्थल राजधानी सियोलदेखि ५० किलोमिटर टाढा पर्दछ । चार तले भवनको सबैभन्दा माथिल्लो तलमा स्थानीय समय अनुसार विहान १०.१७ मा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । 

सो भवनको चौथो तलामा अस्पताल थियो भने दोस्रो र तेस्रो तलामा कार्यालय र पहिलो तलामा रेस्टुरेन्ट रहेको थियो ।   आगलागी भएपछि आगो नियन्त्रण गर्न ३८ अग्नि नियन्त्रक ट्रक र १०८ जना उद्धारकर्ता परिचालन गरिएको थियो । उनीहरुले ११.२९ मा आगो नियन्त्रणमा लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप