ad
x

नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः मल्ल

person explore access_timeसाउन २०, २०७९ chat_bubble_outline0

नेपाल फिल्म सोसाइटीको साधारण सभाबाट केन्द्रीय अध्यक्षमा पुनः सर्वसम्मत विशिष्ठ अभिनेता कृष्ण मल्ल चयन भएका छन् ।  त्यसैगरी उपाध्यक्षमा वरिष्ठ अभिनेता पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा  टंकनाथ पौडेल कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ, सदस्यहरु चेत बहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत मनोनयन गरिएको छ। साधारण सभामा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षक नियुक्ति बारे प्रस्ताव पेश गरिएको थियो। 


कार्यक्रममा सल्लाहकारहरु चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा, वरिष्ठ निर्देशक उज्जल घिमिरे, अधिवक्ता कृष्ण प्रसाद ढुंगाना, कृष्ण पाठक, संचारकर्मी सूर्य चन्द र वाई एल लामाको उपस्थिति रहेको थियो।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।