बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग
शुक्रबार, २० साउन २०७९, २० : ११
बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय संघ राष्ट्रिय समितिले माग गरेको छ । संघका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले आज जारी गरेको विज्ञप्तिमा संस्थाका कर्मचारी विनियमअनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग गरेका हुन् ।
रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि संघले बीमा समितिसँग माग गरेको छ । संघले समितिका अध्यक्षलाई पनि आजै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । श्रम ऐन तथा ट्रेड युनियन ऐनले निर्दिष्ट गरेका कर्मचारीको नियमितरूपमा हुनुपर्ने वृत्ति विकास र सामूहिक सौदाबाजीलाई मर्जरका रूपमा ठप्प नपार्न पनि ध्यानाकर्षण गराएको छ । बीमा कम्पनीको मर्जर तथा प्राप्तिको समयावधिलाई निश्चित गर्न पनि संघले जोडदार माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा