
बीआईबी कप सोमबारदेखि

बौद्ध इन्टरनेसनलल स्कुलको आयोजनामा पाँचौं बीआईबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा १३ तथा गल्र्समा १२ टिमको सहभागी हुने छन् ।
सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने इसीए इन्चार्ज सुब्रत राजोपाध्यायले जानकारी गराए । ब्वाइजमा टीआईए तथा गल्र्समा रुपिज डिफेन्डिङ च्याम्पियन हुन् । यसपटक दुवै सहभागी छैनन् । खेलहरु अत्तरखेलस्थित आयोजकको इन्डोर बास्केटबल हलमा हुनेछ
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ