
मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक महिलाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर–१० घर भएकी ४३ वर्षीया बालकुमारी नेपाली रहेकी छन् ।
रत्न राजमार्ग अन्तर्गत बुदबुदीचौक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए ।
मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले जाकारी दिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ