
रौतहटमा नक्कली नोटसहित चारजना पक्राउ

रौतहटमा नक्कली नेपाली नोटसहित चारजना युवक पक्राउ परेका छन् । मेलाको भिडमा नक्कली नोट दिएर सामान खरिद गरेका चारजना युवक पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल, २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टर दिनेश कुंअरले बताए । दुई दिन अघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका ३ जिउताही टोलमा लागेको मेलामा नक्कली नोट दिएर सामान खरिद गर्दा पसलेले इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा प्रहरीले सन्तोष पटेललाई पक्राउ गरी चेकजाँच गर्दा एक हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट एक हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो । प्रहरीको अनुसन्धानबाट पटेलसँगै अन्य तिनजना पनि नक्कली नोटको कारोबार गर्दै आएको खुलेको हो । पक्राउ परेका चारैजनामाथि आवश्वक कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ