मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कैलालीमा सात वर्षीया बालिका मृत फेला

शुक्रबार, २० साउन २०७९, १८ : ०१
शुक्रबार, २० साउन २०७९

कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चाया भावर बस्ने सन्तोष जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी शुक्रबार खोलामा मृत फेला परेकी हुन् ।

बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् ।

उनका बुबा सन्तोष निम्न माध्यमिक तहको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका थिए । आमा पन्चकला रोजगारीको सिलसिलामा भारत रहेकी छन्। उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप